News महिला गोल्डकप: संकटा सेमिफाइनलमा
बिक्रम बानियाँ क्षेत्री

हेटौडा उपमहानगरपालिकाको मुख्य प्रायोजन र मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा शुक्रबारबाट मकवानपुरमा सुरु भएको महिला गोल्डकपमा दोस्रो दिनको खेलबाट सहज जितका साथ संकटा सेमिफाइनलमा प्रवेश गरेको छ ।

शनिबार गौरीटार रङ्गशालामा भएको प्रतियोगिता खेलमा नव जन जागृती क्लब सिमरालाई ६–१ को फराकिलो जित निकाल्दै संकटा सेमिफाईनल प्रवेश गरेको हो । संकटाको जितमा ममता पुन मगरले ४ गोल गरिन भने जेनिफर राना मगरले २ गोल गरिन सिमराको लागी भने सान्त्वना गोल रोजिना लामाले गरीन । प्रतियोगिताको पहिलो ह्याट्रिक गर्न सफल संकटाका ममता पुन मगर खेलको प्लेयर अफ द म्याच हुन सफल भईन । उनले नगद १० हजार रुपैयाँ तथा ट्रफि प्राप्त गरिन् ।

प्रतियोगिता अन्तर्गत आईतबार रौतहट जिल्ला महिला फुटबल टिम र नेपाल पुलिस क्लब काठमाडौं बिच हुनेछ । खेल दिउँसो ४ बजे हुने आयोजक मकवानपुर जिल्ला फुटबल संघले जनाएको छ ।

प्रतियोगिता बैशाख २५ गतेसम्म संचालन हुनेछ भने प्रतियोगिताको विजेताले ५ लाख रुपैयाँ र उपविजेताले ३ लाख रुपैयाँ सहित शिल्ड मेडल प्रमाण पत्र पाउने छन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले स्कुटर प्राप्त गर्नेछन भने विधागत खेलाडीहरुलाई पनि पुरस्कारको व्यवस्था गरिएको छ ।

Post Comments