सिमरा । मधेस प्रदेश खेलकुद परिषद्का नवनियुक्त सदस्यसचिव शिवजी गुप्ताले सोमबार सिमरा रंगशालाको अवलोकन गरेका छन् । प्रदेश खेलकुद परिषद्को सदस्य सचिवमा हालै नियुक्त भएका गुप्ताले पहिलोपटक औपचारिकरुपमा सिमरा रंगशालाको अवलोकन गरेका हुन् ।
अवलोकनका क्रममा गुप्ताले मधेशमा खेलकुदको विकासका लागि पूर्वाधार निर्माणलाई गति दिने बताएका छन् । मधेशमा रहेका खेलकुद पूर्वाधारको अवलोकन गर्ने र आवश्यकता अनुसारको पूर्वाधार निर्माणमा आफूले काम गर्ने गुप्ताले बताए । मधेश प्रदेशकै सुविधासम्पन्न रंगशालाको रुपमा निर्माण हुँदै गरेको सिमरा रंगशालाको पूर्वाधार निर्माणमा प्रदेश खेलकुद परिषद्ले सहयोग गर्ने गुप्ताको भनाई थियो ।
गुप्तालाई सिमरा रंगशालामा जिल्ला खेलकुद विकास समिति बाराका प्रमुख हेमलाल श्रेष्ठ, बारा जिल्ला फूटबल संघका अध्यक्ष रामचन्द्र लामा, नेपाल तेक्वान्दो संघ मधेश प्रदेशका महासचिव राजकुमार लामा, नव जनजागृति युवा क्लबका सल्लाहकार धर्मबहादुर श्रेष्ठ, क्लबका उपाध्यक्ष शंकर थापा, राजदास श्रेष्ठ, महासचिव शम्भुसिंह ठकुरी, जीतपुरसिमरा स्पोर्ट्स क्लबका अध्यक्ष सोमबाल बम्जन, नेकपा एमाले बाराकी उपसचिव भावना आचार्य, जिल्ला सदस्य रमेश खरेल, जीतपुरसिमरा नगर कमिटी अध्यक्ष त्रिलोक बिक्रम शाह, स्थानीय शिव पौडेल, तेक्वान्दो प्रशिक्षक बिजय शाह ठकुरी, कराँते प्रशिक्षक राजेश महतो, भेट्रान फूटबल खेलाडी दीपक भट्टराई, राजेश पुनलगायत उपस्थित थिए ।
गुप्ताले यसअघि पर्साको नारायणी रंगशालाको अवलोकन गरेका थिए ।
- बकुलिया युवा क्लबलाई तेस्रो करैयामाई गोल्डकपको उपाधि
- महिला मैत्रीपूर्ण खेलमा रौतहट जिल्ला फुटबल संघको सानदार जित
- बकुलिया युवा क्लब र नव जन जाग्रिति युवा क्लब तेस्रो करैयामाई गोल्डकपको फाइनलमा भिड्ने
- बकुलिया युवा क्लब र नव जन जाग्रिति युवा क्लब तेस्रो करैयामाई गोल्डकपको फाइनलमा भिड्ने
- नव जन जागृति युवा क्लब तेस्रो करैयामाई गोल्डकपको पहिलो फाइनलिस्ट