News
ए डिभिजन लिगमा उक्लियो प्लानिङ ब्वाईज
काठमाडौं । जारी शहिद स्मारक बी डिभिजन लिगबाट ए डिभिजन लिगमा बढुवा हुने प्लानिङ ब्वाईज युनाइटेड पहिलो टोली बनेको छ । मंगलबार बाँसबारी क्लबमाथि ०–२ को जित निकाल्दै प्लानिङ ब्वाईज दुई खेल अगावै शिर्ष लिगमा उक्लिने पक्का भएको हो ।
यो जितसँगै ११ खेलबाट २७ अंक जोडेको प्लानिङ ब्वाईज लिग तालिकाको शिर्ष स्थानमा यथावत छ । बाँकी दुई खेलमा हार बेहोरे पनि प्लानिङ ब्वाईजको बढुवामा त्यो हारको नतिजाले कुनै असर पार्ने छैन । त्यस्तै प्लानिङ ब्वाईजसँग पराजित बाँसबारी भने ११ खेलबाट १५ अंकका साथ सातौं स्थानमा झरेको छ ।
Post Comments
Related News
- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”
- रोदनसहित राष्ट्रिय खेलाडी आशिष राईको सहयोग अपिल
- एन्फामा खेलाडी कै नेतृत्व प्राथमिकतामा, राजनैतिक भर्ती केन्द्र बन्न नदिनेः खेलकुद मन्त्री पोखरेल
- एन्फाका पूर्व अध्यक्ष शेर्पा हाजिरी जमानीमा रिहा
- नेपालले महत्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगिता गुमाउन सक्ने (पत्रसहित)