१२ औं रारा गोल्डकप फुटबल प्रतियोगिताको आज सम्पन्न तेस्रो क्वाटरफाइनल खेलमा डिफेन्डिङ च्याम्पियन सहलेस फुटबल क्लबलाई पेनाल्टी सुटआउटमा २–१ ले पराजित गर्दै बिर्तामोड युनाइटेडले सेमिफाइनलमा स्थान बनाएको छ।
खेलको निर्धारित ९० मिनेटको समय गोलरहित बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टीमार्फत लिइएको थियो। दुवै टोलीले खेल अवधिभर केही राम्रो अवसर सिर्जना गरे पनि गोल गर्न असफल रहँदा खेल थप समय बिना नै पेनाल्टीमा धकेलिएको थियो।
पेनाल्टी सुटआउटमा बिर्तामोड युनाइटेडका गोलकिपर अभिषेक बरालले उत्कृष्ट प्रदर्शन गर्दै विपक्षीका दुई पेनाल्टी बचाएपछि बिर्तामोड विजयी बन्न सफल भयो। उनको निर्णायक योगदानका लागि उनलाई ‘प्लेयर अफ द म्याच’ घोषणा गरियो।
गत संस्करणमा सहलेससँग पराजित भएको बिर्तामोडले यसपटक त्यो हारको बदला लिँदै प्रतियोगिताको सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो।
उता, डिफेन्डिङ च्याम्पियन सहलेसका लागि प्रतियोगिता निराशाजनक रुपमा टुंगिएको छ। लगातार उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रिएको सहलेस क्वाटरफाइनलमै स्तब्ध बन्दै घर फर्किन बाध्य भएको छ।
अब बिर्तामोड युनाइटेडले सेमिफाइनलमा उपाधि नजिक पुग्ने लक्ष्यसहित प्रतिस्पर्धा गर्नेछ।
- छथर जोरपाटी गाउँपालिकामा दोस्रो पालिकास्तरीय अध्यक्ष कप हुँदै
- बेलबारीलाई १८औँ शहिद भीमनारायण स्मृति गोल्डकपको उपाधि
- सोलोमनको ह्याट्रिकसँगै बेलबारी एफसी भीम नारायण गोल्डकपको फाइनलमा
- आयोजक धनकुटा १८औँ भीमनारायण गोल्डकपको उपाधि नजिक
- बाबा टुन्डेको निर्णायक गोलमा बेलबारी १८औँ सहिद भीमनारायण गोल्डकपको सेमिफाइनलमा