इटालीलाई तेस्रोपटक उपाधि
गोलनेपाल

काठमाडौं (एजेन्सी) । इटालीको सिनियर फुटबल टोलीले यस वर्ष आयोजना हुने प्रतिष्ठित फिफा विश्वकपमा सहभागिता जनाउन नसके तापनि युवा टोलीले भने अन्तर्राष्ट्रिय सफलता हासिल गरेका छन् ।

इटालीको युथ टोलीले इस्टोनियामा सम्पन्न २३औं युइएफए यु–१७ युरो च्याम्पियनसिपको उपाधि जितेको छ । फाइनलमा इटालीले बेल्जियमलाई हराउँदै उपाधि जित्न सफल भएको हो ।

निर्धारित समयको खेल १–१ को रोमाञ्चक बराबरीमा टुंगिएपछि इटालीले टाईब्रेकरमा बेल्जियमलाई ४–३ ले हराउँदै उपाधि जित्न सफल भयो ।

इटालीले समग्रमा तेस्रोपटक यो उपाधि जित्न सफल भएको हो । यसअघि इटालीले सन् १९८२ र २०२४ मा यो उपाधि जितेको थियो ।

स्मरण रहोस, फाइनल प्रवेश गर्ने क्रममा इटालीले सर्वाधिक नौं पल्टको विजेता स्पेनलाई हराएको थियो भने बेल्जियमले फ्रान्सलाई पराजित गरेको थियो ।

Post Comments