काठमाडौं (एजेनसी) । सन् २०२६ को फिफा विश्वकपको एसियाली छनौटतर्फ तेस्रो चरणका छनौट खेलहरु बिहीबारदेखि शुरु भएका छन् । जसमा एसियाका केही बलिया टोलीहरुले जित निकाल्दा केही दावेदार टोलीहरु निराश बनेका छन् ।
समूह ए तर्फ भएका तीन खेलहरुमा उज्वेकिस्तानले उत्तर कोरियालाई १–० ले हराउँदा इरानले पनि किर्गिस्तानमाथि समान १–० को जित निकाल्यो । त्यस्तै युएईले भने कतारमाथि ३–१ को प्रभावशाली जित दर्ता गर्यो ।
समूह बी तर्फ बलियो दक्षिण कोरियाले प्यालेस्टाईनसँग गोलरहित बराबरी खेलेको छ । सोही समूहको अर्को खेलमा इराकले ओमानमाथि १–० को जित निकाल्दा जोर्डन र कुवेतले १–१ को बराबरी खेलेका छन् ।
त्यसैगरी समूह सी तर्फ एसियन पावर हाउस जापानले चीनमाथि ७–० को फराकिलो जित निकाल्यो । सोही समूहको अर्को खेलमा अष्ट्रेलियाले बहराईनसँग १–० को स्तब्धपुर्ण हार बेहोर्दा साउदी अरेबियाले इण्डोनेसियासँग १–१ गोलको बराबरी खेल्यो ।
तीन समूहमा विभाजित कुल १८ टोलीहरु मध्ये प्रत्येक समूहको शिर्ष टोली सन् २०२६ का लागि सोझै छनौट हुनेछन् । त्यस्तै प्रत्येक समूहको तेस्रो स्थान हासिल गर्ने टोलीहरुले भने चौथो चरणको छनौट खेलहरु खेल्नेछन् ।
- उत्तर कोरिया तेस्रोपटक फिफा यु–२० महिला विश्वकपको च्याम्पियन
- फिफा यु–२० महिला विश्वकपः क्वाटरफाइनलमा उत्तर कोरियासँग ब्राजील र जापानसँग स्पेन स्तब्ध
- फिफा फुटसल विश्वकपः थाइल्याण्ड, अफगानिस्तान विजयी शुरुवात
- फिफा विश्वकप एसियाली छनौटको तेस्रो चरणको खेलहरु शुरु
- सेप्टेम्बरमा शून्य नेपाली अन्तर्राष्ट्रिय फुटबल, रेफ्रीलाई भने अवसर