News एएफसी यु–१९ महिला छनौट : पाकिस्तानले फेरि खायो १८ गोल
गोलनेपाल

एएफसी यु–१९ महिला च्याम्पियनसिप छनौटतर्फ नेपालसँगै एउटै समूहमा रहेको अर्को दक्षिण एसियाली देश पाकिस्तानले आफ्नो दोस्रो खेलमा पनि भारी अन्तरले हार बेहोरेको छ ।

शुक्रबार चोनबुरी स्टेडियममा सम्पन्न समूह बी तर्फको दोस्रो खेलमा पाकिस्तानले आयोजक थाइल्याण्डसँग १८–० को हार बेहोरेको हो । यसअघि पाकिस्तान आफ्नो पहिलो खेलमा भारतसँग पनि समान १८–० गोल अन्तरले पराजित भएको थियो ।

समूह चरणको अन्तिम खेलमा अब आइतबार पाकिस्तानले नेपालको सामना गर्नेछ भने सोही दिन भारत र थाइल्याण्ड पनि आमने सामने हुनेछन् ।

Post Comments