काठमाडौं । एन्फा यु–१६ युथ लिग फुटबल प्रतियोगितातर्फ सोमबार फ्रेण्डस क्लब, मनाङ मस्र्याङ्दी क्लब र हिमालयन शेर्पा क्लबले आ–आफ्नो खेलमा जित हात पार्दै तीन–तीन अंक बटुलेका छन् ।
सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा भएको दिनको पहिलो खेलमा फ्रेण्डसले साविक विजेता चर्च ब्वाईज युनाइटेडलाई ७–० को फराकिलो अन्तरले पराजित गर्यो । फ्रेण्डसको जितमा सन्दिप टुंगेलले ह्याट्रिकसहित पाँच गोल गरे । त्यस्तै सुनिल केसी र ऋषभ पुनले थप एक–एक गोल गरेका थिए ।
त्यस्तै अर्को खेलमा शेर्पाले श्री भगवती क्लबलाई ३–१ ले हरायो । शेर्पाको जितमा प्रदिप खत्री, बिष्णु सुनुवार र जेनिल सुब्बाले गोल गरे । पराजित भगवतीका लागि भने अनिल गुरुङले एक मात्र सान्त्वना गोल फर्काएका थिए ।
त्यसैगरी सुन्दर लयमा रहेको मनाङले लगातार दोस्रो जित हात पार्ने क्रममा सातदोबाटो युथ क्लबलाई ६–० को अन्तरले हरायो । मनाङको जितमा रोहन थापा मगर, बिबेक मगर, अर्जुन साउद, राम अर्जेल, सिमोन श्रेष्ठ र सोनाम तामाङले गोल गरेका थिए ।
- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”
- रोदनसहित राष्ट्रिय खेलाडी आशिष राईको सहयोग अपिल
- पूर्व अन्तर्राष्ट्रिय खेलाडी तथा प्रशिक्षक शाक्यद्वारा योध्दा फुटबल एकेडेमीको अवलोकन र भेटघाट
- एन्फामा खेलाडी कै नेतृत्व प्राथमिकतामा, राजनैतिक भर्ती केन्द्र बन्न नदिनेः खेलकुद मन्त्री पोखरेल
- एन्फाका पूर्व अध्यक्ष शेर्पा हाजिरी जमानीमा रिहा