काठमाडौं । एन्फा यु–१६ युथ लिग फुटबल प्रतियोगितातर्फ सोमबार फ्रेण्डस क्लब, मनाङ मस्र्याङ्दी क्लब र हिमालयन शेर्पा क्लबले आ–आफ्नो खेलमा जित हात पार्दै तीन–तीन अंक बटुलेका छन् ।
सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा भएको दिनको पहिलो खेलमा फ्रेण्डसले साविक विजेता चर्च ब्वाईज युनाइटेडलाई ७–० को फराकिलो अन्तरले पराजित गर्यो । फ्रेण्डसको जितमा सन्दिप टुंगेलले ह्याट्रिकसहित पाँच गोल गरे । त्यस्तै सुनिल केसी र ऋषभ पुनले थप एक–एक गोल गरेका थिए ।
त्यस्तै अर्को खेलमा शेर्पाले श्री भगवती क्लबलाई ३–१ ले हरायो । शेर्पाको जितमा प्रदिप खत्री, बिष्णु सुनुवार र जेनिल सुब्बाले गोल गरे । पराजित भगवतीका लागि भने अनिल गुरुङले एक मात्र सान्त्वना गोल फर्काएका थिए ।
त्यसैगरी सुन्दर लयमा रहेको मनाङले लगातार दोस्रो जित हात पार्ने क्रममा सातदोबाटो युथ क्लबलाई ६–० को अन्तरले हरायो । मनाङको जितमा रोहन थापा मगर, बिबेक मगर, अर्जुन साउद, राम अर्जेल, सिमोन श्रेष्ठ र सोनाम तामाङले गोल गरेका थिए ।
- मध्यपुर थिमिमा तेस्रो भेट्रान्स फुटबल प्रतियोगिता हुँदै
- एन्फा अध्यक्ष नेम्वाङ र महासचिव राईलाई पक्राउ गर्न अदालतको आदेश
- एसियन पेन्ट्स च्याम्पियन्स कपः मनकामना ब्वाइजतर्फ च्याम्पियन, महिला फुटबलमा सेमिफाइनल समीकरण पूरा
- रुपन्देहीमा एसियन पेन्टस च्याम्पियन्स कप छात्रा फुटबल प्रतियोगिता शुरु
- नेपाल फुटबल स्कुललाई उपाधि