News प्रथम ग्रीन फिल्ड ओपन फुटसल शुरु
सुरज राना मगर

बुटवल । ग्रीन फिल्ड फुटसल प्रा.लि.को आयोजनामा प्रथम ग्रीन फिल्ड ओपन फुटसल च्याम्पियनसिप बुधबारदेखि शुरु भएको छ । बुटवल–११ नमूनापथ देवीनगर स्थित आयोजकको आफ्नै फुटसल एरिनामा शुरु प्रतियोगिता दुई दिनसम्म चल्नेछ ।

बुधबार प्रतियोगिताको उद्घाटन एक कार्यक्रमका बीच प्रमुख अतिथी रुपन्देही जिल्ला फुटबल संघका उपाध्यक्ष तथा समाजसेवामा पनि सक्रिय रहेका युवा समाजसेवी हरि क्षेत्रीले गरेका थिए ।

प्रतियोगितामा कुल २८ टोलीहरुको सहभागिता रहेको खेल संयोजक बिष्णु कसौधनले बताए । प्रतियोगिताको पहिलो दिन पहिलो चरणका खेलहरु सम्पन्न भएको समेत कसौधनले बताए । उनका अनुसार बिहीबार दोस्रो चरणका खेलसहित फाइनल खेलहरु पनि हुने बताए ।

प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३० हजार हात पार्नेछ भने उपविजेताले १५ हजार प्राप्त गर्ने आयोजक ग्रीन फिल्ड फुटसलका अध्यक्ष सुरज पाण्डेले जानकारी दिए ।

Post Comments