News न्यौपानेको ह्याट्रिकमा योङ ब्रदर्शको फराकिलो जित
गोपाल काफ्ले

पथरी । सन्तोष न्यौपाने एक्लैले ह्याट्रिकसहित पाँच गोल गरेपछि पाँचौं अन्तर्राष्ट्रिय रिफ्युजी च्यालेन्ज कपमा योङ ब्रदर्श एफसीले आयोजक युथ फ्रेण्डली सेन्टर (बी) लाई ७–० को फराकिलो अन्तरले हराएको छ ।

बिहीबार भुटानी शरणार्थी शिविरको रंगशालामा भएको एकतर्फी खेलमा योङ ब्रदर्शका लागि सन्तोष न्यौपानेको पाँच गोल बाहेक दिल कुमार याक्सो र सनम धिमालले एक–एक गोल गरे ।

पाँच गोल गरेका सन्तोष न्यौपाने नै खेलको म्यान अफ द म्याच घोषित भए । साथै यो जितसँगै योङ ब्रदर्श क्वाटरफाइनलमा समेत प्रवेश गरेको छ ।

युथ फ्रेण्डली सेन्टरको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख १ हजार हात पार्नेछ भने उपविजेताले ५१ हजार प्राप्त गर्नेछ । प्रतियोगिताको फाइनल यहि माघ १५ गतेका दिन हुनेछ ।

Post Comments