News प्रथम सुर्यमुखी कपः मुर्गिया, नमुना र रानीगंज क्वाटरफाइनलमा
गोलनेपाल

सुन्दरदगर । मुर्गिया फुटबल क्लब (ए), नमुना युवा क्लब (बी) र रानीगंज युवा क्लब रुपन्देहीमा जारी प्रथम सुर्यमुखी कप खुला सेभेन ए साईड नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

कञ्चन गाउँपालिका–१ स्थित सुन्दरनगर खेलमैदानमा भएको प्रिक्वाटरफाइनल खेलहरुतर्फ पहिलो खेलमा मुर्गियाले बसन्त फुलबारी क्लबलाई १–० ले हरायो । खेलमा निर्णायक गोलकर्ता मुर्गियाका सुरेश पुन म्यान अफ दि म्याच चुनिए ।

दोस्रो खेलमा नमुनाले चाँदनी युवा क्लबलाई १–० कै अन्तरले पराजित गर्यो । खेलमा नमुना युथका लागि नगेन्द्र थापाले एक मात्र निर्णायक गोल गरे । खेलको म्यान अफ दि म्याच भने गोलरक्षक सुमन राना चुनिए ।

त्यस्तै तेस्रो खेलमा रानीगंजले पनि हिमालयन फुटबल क्लबलाई समान १–० कै अन्तरले हरायो । खेलमा रानीगंजका लागि एक मात्र निर्णायक गोल गरेका बल बहादुर थारु म्यान अफ दि म्याच घोषित भए ।

सुर्यमुखी युवा क्लब, कञ्चन गाउँपालिका–१, सुन्दरनगरको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २०,२२२ रुपैयाँ हात पार्नेछ भने उपविजेताले १०,१११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने खेल संयोजक रबिन थापाले जानकारी दिए । फाइनल खेल साउन १४ गतेका दिन हुनेछ ।

Post Comments