News किरनको टोली पञ्जाबलाई राहत
गोलनेपाल

काठमाडौं (एजेन्सी) । आफ्ना पछिल्ला दुई खेलहरुमा लगातार हार बेहोर्दै लय गुमाएको नेपाली गोलरक्षक किरन चेम्जोङको टोली राउण्डग्लास पञ्जाब एफसीले आइ लिगतर्फ आइतबार बराबरी खेल्दै अंक बाँडेको छ ।

कल्याणी स्टेडियममा भएको खेलमा पञ्जाबले मोहम्मदन स्र्पोटिङ क्लबसँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको हो । स्मरण रहोस, यसअघि पञ्जाबले आफ्ना पछिल्ला दुई खेलहरुमा गोकुलम केरलासँग ४–३ र चर्चिल ब्रदर्शसँग १–० ले पराजित भएको थियो ।

आइतबारको नतिजापछि ४ खेलबाट ४ अंक जोडेको पञ्जाब लिगतालिकाको आठौं स्थानमा छ र लिगलिडर चर्चिल ब्रदर्श भन्दा तीन अंकले पछाडी छ । उता मोहम्मदन भने ६ अंकका साथ तेस्रो स्थानमा छ ।

पञ्जाबले आफ्नो आगामी खेल सुदेवा दिल्लीसँग कोलकाता स्थित साल्ट लेक स्टेडियममा खेल्नेछ ।

Post Comments