बेलका । उदयपुरको बेलका नगरपालिका–६ स्थित लेकाली रंगशालामा २०८१ कार्तिक ३ गते देखि १० गते सम्म सन्चालन भएको दोस्रो बेलका गोल्डकप फुटबल प्रतियोगिताको आय–व्यय सार्वजनिक गरिएको छ।
ब्रदरहुड फुटबल क्लबको आयोजनामा भएको प्रतियोगिताबाट जम्मा १३ लाख ७२ हजार ५८७ रुपैयाँ आम्दानी र १३ लाख ३ हजार ११६ रुपैयाँ खर्च भई ६९ हजार ४७१ रुपैयाँ बचत भएको आय व्यय संयोजक देविन मगरले जानकारी दिए ।
ब्रदरहुड फुटबल क्लबको आयोजनामा भएको प्रतियोगिताबाट जम्मा १३ लाख ७२ हजार ५८७ रुपैयाँ आम्दानी र १३ लाख ३ हजार ११६ रुपैयाँ खर्च भई ६९ हजार ४७१ रुपैयाँ बचत भएको आय व्यय संयोजक देविन मगरले जानकारी दिए ।
ब्रदरहुड फुटबल क्लबका अध्यक्ष रबिन तामाङका अनुसार तेस्रो बेलका गोल्डकपको पनि तयारी सुरू गरिएको र चॉडै नै मिति सार्वजनिक गर्ने बताए।
ब्रदरहुड एफ सी पछिल्लो समय क्लब स्थापना भइ नेपाली फुटबल बिकासका लागि सक्रिय रूपमा लागेको क्लब हो । ब्रदरहुड पूर्वका विभिन्न गोल्डकपहरूमा सहभागिता जनाउँदै च्यान्पियन समेत बन्दै आएको छ ।