News नेपालको जितमा सहाराको साथ
गोलनेपाल

काठमाडौं । सहारा लिम्बु निर्णायक बनेको खेलमा जारी साफ यु–१७ महिला च्याम्पियनसिपतर्फ नेपालले आफ्नो दोस्रो खेलमा पहिलो जित हात पारेको छ । पहिलो खेलमै भारतसँग ७–० ले पराजित भएको नेपालले शुक्रबार दोस्रो खेलमा आयोजक भुटानमाथि २–१ को रोमाञ्चक जित हात पार्यो ।

भुटान विरुद्ध अपेक्षाकृत प्रदर्शन गर्न नसके तापनि नेपालले नतिजा भने आफ्नो पक्षमा पार्यो । थिम्पु स्थित चाङलिमिथाङ स्टेडियममा भएको खेलमा अग्रता भने भुटानले लिएको थियो । खेलको ४२औं मिनटमा कुन्देन सोग्यालको गोलबाट भुटानले सनसनीपूर्ण अग्रता बनाए पनि घरेलु टोलीले त्यो अग्रता पहिलो हाफसम्म मात्र कायम राख्न सक्यो ।

दोस्रो हाफको ५८ र ७६औं मिनटमा सहारा लिम्बुले लगातार दुई गोल गर्दै नेपालको रोमाञ्चक पूनःरागमन जित पक्का गरेकी थिईन् । नेपालले आफ्नो आगामी खेल २४ अगस्त आइतबारका दिन साविक बंगलादेशससँग खेल्नेछ । सोही दिन भुटानले बलियो भारतको सामना गर्नेछ ।

डबल राउण्ड रोबिन लिगका आधारमा जारी प्रतियोगितामा दक्षिण एसियाका चार टोलीहरु मात्र सहभागि छन् । लिग चरणको खेलहरु पश्चात समूहको शिर्ष स्थानमा रहने टोली विजेता बन्नेछ ।

 

Post Comments