News सराई तीज स्पेशल कपको फाइनलमा
सुरज राना मगर

बगनाशकाली । शुरुवातबाटै दावेदारका रुपमा हेरिएको साविक विजेता सराई फुटबल क्लब पाल्पाको बगनाशकाली गाउँपालिकामा जारी तीज स्पेशल कप खुला नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

शनिबार सम्पन्न पहिलो सेमिफाइनलमा सराईले दमकडा ब्रदर्श फुटबल क्लबलाई ३–० ले हराउँदै उपाधि नजिक पुगेको हो । सराईको जितमा सन्जु सेन ठकुरी, टिकाराज गुरुङ र कमल सारुले समान १–१ गोल गरे ।

खेलमा म्यान अफ दि म्याच भने सराइृका गोलरक्षक गोविन आले घोषित भए । प्रतियोगिता अन्तर्गत भदौ ८ गते आइतबारको दोस्रो सेमिफाइनल खेल आयोजक नव जागृति युवा क्लब र युनाइटेड युथ क्लबबीच हुने खेल संयोजक हरि सिंह गाहाले जानकारी दिए ।

नव जागृति युवा क्लब, बगनाशकाली–१, घोरबन्दा, पाल्पाको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ८० हजार हात पार्नेछ भने उपविजेताले ४० हजार प्राप्त गर्नेछ । फाइनल खेल भने यही भदौ १० गतेका दिन हुनेछ ।

 

Post Comments