News एन्फाद्वारा नेपाल यु–१९ महिला टोली नगदसहित सम्मानित
गोलनेपाल

अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाल यु–१९ महिला टोलीका सदस्यहरुलाई जनही ५०–५० हजार नगदका साथ सम्मान गरेको छ ।

गत महिना भुटानको राजधानी थिम्पुमा सम्पन्न साफ यु–१८ च्याम्पियनसिपको उपविजेता बनेको नेपाली टोलीलाई एन्फाले सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा शुक्रबार एक कार्यक्रमका बीच नगद सहित सम्मानित गरेको थियो ।

साफ यु–१८ च्याम्पियनसितर्फ नेपाली टोली फाइनलमा बंगलादेशसँग पराजित हुँदै उपविजेतामा चित्त बुझाउन पुगेको थियो ।

कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव दिपक बिष्ट, एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा लगायत अन्य अतिथीहरुको उपस्थिति रहेको थियो ।

Post Comments