News टोखा वडा नम्वर २ लाई गजराज जोशी कपको उपाधि
गोलनेपाल

वडा नम्वर २ ले टोखा नगरपालिका अन्तर वडास्तरीय गजराज जोशी स्मृति कपको उपाधि जितेको छ ।

टोखास्थित खेल मैदानमा भएको फाइनलमा वडा नम्वर ८ माथि ३–० ले पराजित गर्दै प्रतियोगिताको उपाधि हात पारेको हो ।

वडा नम्वर २ को जितमा दिनेश डंगोलले २ तथा सरोज ७नतसेष्ठले एक गोल गरे । पहिलो हाफमा एक तथा दोस्रो हाफमा २ गोल भएको थियो । खेलको पहिलो मिनेटमा दिनेश डंगोलले गोल गर्दै वडा नम्वर २ लाई अग्रता दिलाएको थियो ।

६७औं मिनेटमा दिनेशले व्यक्तिगत दोस्रो गोल गर्दै वडा नम्वर २ को अग्रता दोब्बर बनायो । ७३औं मिनेटमा कप्तान सरोजले गोल गर्दै वडा नम्वर २
लाई उपाधि दिलाए ।

उपाधिसँगै वडा नम्वर २ ले ७०हजार रुपैयाँ प्राप्त गर्‍यो । दोस्रो भएको वडा नम्वर ८ ले ३५ हजार रुपैयाँ प्राप्त गर्‍यो । वडा नं ८ का अनिल थापा प्रतियोगिताको उत्कृष्टखेलाडी घोषित भए । वडा नम्वर २ का सन्जय सेष्ठ उत्कृष्ट गोलरक्षक, वडा नम्वर १ का सागर डगोंल उत्कृष्ट डिफेन्डर र प्रतियोगितामा ५ गोल गरेका वडा नम्वर २ का सरोज सर्वाधिक गोलकर्ता भए । । उनीहरुले समान ३–३ हजार रुपैया प्राप्त गरे।

प्रतियोगितालाई ‘बी’ डिभिजन क्लब भगवती क्लबको विशेष सहयोग तथा गजराज जोशी ट्रष्ट र हेडलाइनर्स स्पोर्टस् क्याफेले प्रायोजन गरेको थियो ।

Post Comments