News
च्यासल फुटबल मैदानको मर्मत सुरु
काठमाडौं । ललितपुरको च्यासलस्थित फुटबल मैदानको मर्मत कार्य सुरु भएको छ । यहि असोज तेश्रो साता परेको भारी वर्षाका कारण मैदानमा क्षति पुगेको थियो ।
क्षति बारे बुझ्न राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले मैदानको स्थलगत निरीक्षण गरेका थिए । सोही क्रममा सदस्य–सचिव घिसिङले तत्काल मर्मत कार्य सुरु गर्न ग्राउन्ड स्टाफलाई निर्देशन दिएका थिए ।
‘पहिले मैदानको खेल हुने भागलाई प्राथमिकता दिएर मर्मत कार्य सुरु गर्नु होला ।’ सदस्य–सचिव घिसिङले भने– ‘त्यसपछि अन्य भागको काम थाल्नुस् ।’
निरीरक्षणका दौरान च्यासल युथ क्लबका अध्यक्ष रमेश ब्यञ्जन्कारले क्षतिको विवरण बारे सदस्य–सचिव घिसिङलाई अवगत गराएका थिए ।
Post Comments
Related News
- बसन्त गौचन फुटबल एकेडेमीको 'तीन दिने फुटबल प्रशिक्षण क्याम्प' सुरु
- ललितपुरमा खुला फुटसल हुँदै, विजेताले १ लाख पाउने
- रातो मच्छिन्द्रनाथ कप ललितपुर जिल्ला व्यापी अन्तर विद्यालय फुटसल हुँदै
- गाेदावरी र दक्षिणकाली सेमिफाइनलमा भिड्ने, काेन्ज्याेसाेम र कीर्तिपुर आईतबार खेल्दै
- ललितपुर सिटी एफसीको जर्सी सार्वजनिक