News मेरिङदेन युवा क्लब अन्तर जिल्ला स्तरीय पुरूष फुटबलको क्वाटरफाइनलमा प्रवेश
गोलनेपाल

खाम्लुङ । ताप्लेजुङको मेरिङदेन गाउँपालिका ३ खाम्लुङमा सुरू भएको पॉचौ अन्तर जिल्ला स्तरीय आमन्त्रित पुरूष फुटबल प्रतियोगितामा मेरिङदेन युवा क्लबले विजयी सुरूवात गरेको छ ।

पृथ्वी तथा लेस्नमाया स्मृती खेलमैदानमा शुक्रबार देखि सुरू प्रतियोगितामा आयोजकलाई एकका विरूद्ध दुई गोलले पराजित गर्दै मेरिङदेन क्वाटर फाइनलमा पुगेको हो ।

मेरिङदेनको जितका लागि आदित्य लिम्बु र राजदेव लिम्बुले एक एक गोल गरे । आयोजकको तर्फबाट सुगम खजुमले एक गोल गरे । खेलको प्लेयर अफ दि म्याच मेरिङदेनका राजदेव लिम्बु घोषित हुँदै एक हजार रूपैया प्राप्त गरे ।

पहिलो हफमा गोल गर्दै अग्रता बनाएको मेरिङदेन पहिलो हाफकै अन्तिम समयमा बराबरीमा समेटिएको थियो । दोस्रो हाफको अन्तिम अन्तिम समयमा राजदेवले गोल गरे संगै मेरिङदेन आयोजकलाई पराजित गर्न सफल भएको हो ।

प्रतियोगिताको दोस्रो दिन शनिबार दुइ खेल हुने खेल तालिका रहेको छ । पहिलो खेल १२ः३० बजे नवज्योति युवा क्लब र सनराइज क्लब सॉघु भिडनेछन भने दोस्रो खेलमा तेल्लोक स्पोर्टिङ क्लब र जनसेवा आदर्श स्पोर्टिङ क्लब बिच प्रतिस्पर्धा हुनेछ ।

दिपावलीको अवसरमा पृथ्वी तथा लेस्नमाया स्मृती युवा क्लबले आयोजना गरेको प्रतियोगिता कार्तिक १२ गते सकिनेछ । विजेताले १ लाख ५१ हजार १८२ सहित ट्रफि र उपविजेताले ८१ हजार १८२ सहित ट्रफि प्राप्त गर्नेछ ।

Post Comments