News
हाम्रो राजारानी भेट्रान फुटबल प्रतियोगिता हुँदै
राजारानी । हाम्रो राजारानी भेट्रान फुटबल क्लब, राजारानी धनकुटाको आयोजनामा आउँदो मंसिर १० देखि १३ गतेसम्म हाम्रो राजारानी भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ ।
राजारानी खेलमैदान मै हुने प्रतियोगिताको आवश्यक तयारी पनि शुरु भईसकेको आयोजकले जनाएको छ । सोही अवसरमा फुटबल प्रतियोगितासँगै चौबिसे फुड फेस्टिवल तथा साँस्कृतिक साँझको पनि आयोजना गरिने आयोजकले जानकारी दियो ।
खेलका माध्यमबाट भाईचारा, एकता र मनोरञ्जनको वातावरण सृजना गर्दै ,स्थानीय प्रतिभा प्रोत्साहन गर्न उद्देश्य समेत आयोजकले लिएको छ ।
थप जानकारी र सम्पर्कको लागि:
अध्यक्ष: आशिष चेम्जोङ –
९८४६६०१४४४
सचिव: रुपन चेम्जोङ –
9842151094
कोषाध्यक्ष: शुशील चेम्जोङ –
९८४२९५३७९३
Post Comments