पथरी । मोरङको पथरी शनिश्चरेमा आजबाट शुरु भएको `अन्तराष्ट्रिय आमन्त्रण दोस्रो इन्ट्रा पथरी शनिन्चरे गोल्डकप २०८२´ को उद्घाटन खेलमा सलहेस युवा क्लव सिराहा विजयी भएको छ । सलहेस युवा क्लव सिराहाले भारतको कञ्चनजंघा फुटवल क्लव सिलिगुडीलाई ५-१ गोल अन्तरले पराजित गरेको हो । सिराहाको जितमा विदेशी रिचार्ड वईलसनले ह्याट्रिक पुरा गरे ।
पहिलो हाफमा ३-० अग्रता बनाएको सलहेस सिराहाले दोस्रो हाफमा थप दुई गोल गर्दै ५ गोलको फराकिलो अन्तरले विजयी हासिल गर्यो । सलहेस सिराहाका लागि खेलको ७ मिनेटमा आदित्य शाक्यले अग्रता लिएका थिए ।
भारतलाई एक पक्षिय दवावमा राखेको सलहेस सिराहाका लागि खेलको २४ औं मिनेटमा विदेशी खेलाडी रिचाड वईलसनले दोस्रो गोल गर्दा २८ मिनेटमा सुजल डङ्गोलले गोल गर्दै अग्रता तेब्बर बनाए । पहिलो हाफ ३ गोलको अग्रता लिएको सिराहाका लागि खेलको ५५ मिनेट अतिरक्त समयमा गोल गर्दै ह्याट्रिक पुरा गरे ।
भारतिय कञ्चनजंघाका टोलीका लागि खेलको ५८ औं मिनेटमा प्रनिश प्रधानले सान्तवना गोल गरे । म्यान अफ द म्याच ह्याट्रिककर्ता विदेशी खेलाडी रिचाड वईलसन घोषित हुदै नगद ५ हजार प्राप्त गरे । भोलि आईतबारको खेल आयोजक ईन्ट्रा पथरी ११ र ब्रिगेड ब्वाईज ललितपुर बिच हुनेछ ।