पथरी । `अन्तराष्ट्रिय आमन्त्रण दोस्रो इन्ट्रा पथरी शनिन्चरे गोल्डकप २०८२´को उपाधी सलहेस युवा क्लव सिराहाले चुमेको छ । आज शनिवार भएको फाईन खेलमा आयोजक पथरी ११ लाई १-२ गोल अन्तरले पराजित गर्दै सिराहाको सलहेस युवा क्लवलाई उपाधी चुमेको हो । खेलको अग्रता भने पथरी ११ ले लिएको थियो । खेलको १९ औं मिनेटमा पथरी ११ का धिरेन क्षेत्रिले पेनाल्टि मार्फत लिएका थिए ।
सलहेस सिराहाका विदेशी खेलाडी करिम ओमोलोजाले पथरी ११ का निरज परियारलाई डि बक्स भित्र फल गरे पछि पाएको पेनाल्टिमा धिरेन क्षेत्रिले गोल गर्दै अग्रता लिएका थिए ।
पहिलो हाफ एक गोलको अग्रता लिएको पथरी ११ ले दोस्रो हाफमा समालिन नसक्दा हार बेहोर्नु परेको हो । दोस्रो हाफको ५८ औं मिनेटमा सिराहाका लागि जय गुरुङले गोल गर्दै खेल बराबरीमा पुर्याए । दोस्रो हाफमा पथरी ११ माथि हाबि बनेको सलहेस सिराहाकम समिर तामाङले दोस्रो गोल गरे । खेलको ६९ औं मिनेटमा समिर तामाङले गरेको गोल नै उपाधि चुम्न सफल भयो । सिराहाले यो सिजनका ४ उपाधि जितेको छ ।
प्रतियोगिताको सर्वोकृष्ट खेलाडी पथरी ११ का युकेस तामाङ घोषित हुदै नगद २५ हजार प्राप्त गरे । त्यस्तै खेलको म्यान अफ दि म्याच सलहेस सिराहाका जय गुरुङ घोषित हुदै नगद ५ हजार प्राप्त गरे ।
अन्य विधागत तर्फ सलहेस सिराहा रेवट चौधरी उत्कृष्ट गोल रक्षक, रिजड वईसन सर्वाधिक गोलकर्ता र उत्कृष्ट प्रशिक्षक राजिव यादव घोषित हुदै नगद १०/१० हजार प्राप्त गरे । त्यस्तै पथरी ११ का गोल रक्षक समिर क्षेत्रि उदयमान खेलाडी घोषित हुदा संजय लिम्बु उत्कृष्ट मिडफिल्डर, धिरेन क्षेत्रि उत्कृष्ट डिफेन्स घोषित हुदै १०/१० हजार प्राप्त गरे ।
