News चौथो समपुर्ण कपः लिस्नुको जितमा अजितको दुई गोल
सुरज राना मगर

सुपौली । मोफसलका केही परिचित खेलाडीहरुसहित उत्रिएको लिस्नु युवा क्लब, कोटिहवा यहाँ जारी स्व. लालबहादुर पुन र राजकुमार पुन स्मृति चौथो समपुर्ण कपको क्वाटरफाइनलमा प्रवेश गर्ने अन्तिम टोली बनेको छ ।

शुक्रबार भएको अन्तिम प्रिक्वाटरफाइनलमा लिस्नुले देवदह ब्वाईज, देवदह, खैरेनीलाई ३–० ले हराउँदै अन्तिम आठमा प्रवेश गर्ने अन्तिम टोली बन्यो । लिस्नुको जितमा अजित लामाले दुई गोल गर्दा थप एक गोल गणेश हमालले गरे ।

खेलमा दुई गोल गरेका लिस्नुका अजित लामा नै म्यान अफ दि म्याच चुनिए । प्रतियोगिता अन्तर्गत कार्तिक २९ गते शनिबारको पहिलो क्वाटरफाइनल खेल झरना स्पोर्टस क्लब, कुञ्जलापुर र अभिषेक चर्च फुटबल क्लब, रजहरबीच हुने प्रचार प्रसार संयोजक रवी अर्यालले जानकारी दिए ।

समपुर्ण युवा क्लब, तिलोत्तमा–१४, सुपौली, रुपन्देहीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३,०३,३३३ रुपैयाँ हात पार्नेछ भने उपविजेताले १,५०,१५१ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । फाइनल खेल भने मंसिर ६ गतेका दिन हुनेछ ।

 

Post Comments