मिक्वाखोला । ताप्लेजुङको मिक्वाखोला ४ सॉवा तेम्बामा आइतबारदेखि दोस्रो फङफङदेन झरना पर्यटन तथा सॉस्कृतिक मेला २०८२ सुरू भएको छ ।
खेलकुदको माध्ययमबाट स्थानीय उत्पादन तथा पर्यटन पर्वद्धन गर्ने मुख्य उद्येस्यका साथ आयोजना गरिएको मेलाको उदघाटन अलैचीको विरूवामा पानि हाली कोशी प्रदेशका उद्योग कृषि तथा सहकारी मन्त्री खगेन सिं हाङगामले गरे ।
मेलाको अवसरमा आमन्त्रित पुरूष फुटबल प्रतियोगिता सन्चालन हुनेछ । प्रतियोगिताको विजेताले ३ लाख २०८२ रूपैया बराबरको अलैची र उपबिजेताले १ लाख ५२ हजार ८२ रूपैया बराबरको अलैची प्राप्त गर्नेछन ।
प्रतियोगितामा आयोजक सहित पूर्वका विभिन्न जिल्लाका आठ टिमहरूको सहभागिता रहेको छ । मेलाको दोस्रो दिन मंसिर ८ गते सोमबारबाट पुरूष फुटबल तर्फका खेलहरू सन्चालन गरिने मेला कमिटि अध्यक्ष विजय सॉवाले जानकारी दिए ।
सोमबार क्वाटर फाइनलका दुई खेल हुने खेल तालिका रहेको छ । पहिलो खेलमा आयोजक (फङफङद्न झरना पर्यटन विकास समिति) र ग्रीन भ्याल्ली युवा क्लब मेरिङदेन गाउँपालिका नाल्बु बिच दिनको १२ बजे हुनेछ ।
- तेह्रथुमको म्याङ्लुङलाई ताप्लेजुङको साँघुमा सम्पन्न विशेष महाशिवरात्री फुटबल प्रतियोगिताको उपाधी
- ताप्लेजुङको साँघुमा जारी विशेष महाशिवरात्री फुटबल प्रतियोगिताको उपाधी समीकरण पुरा
- शानदार जितसहित धनकुटा र संखुवासभा ताप्लेजुङमा जारी विशेष महाशिवरात्री कपको अन्तिम चारमा
- आयोजक जलजलेलाई घरेलु मैदानमा स्तब्ध पार्दै म्याङ्लुङ स्पोर्टिङ सेमिफाइनल प्रवेश
- ताप्लेजुङको नाल्बुमा सम्पन्न वडा स्तरीय पुरूष फुटबलको उपाधि सॅाघु र महिला तर्फ सॅावालाई