News बेलडाँगी एफसी सेमिफाइनलमा
गोलनेपाल

बुढीगंगा । बेलडाँगी फुटबल क्लब, मोरङ यहाँ जारी दोस्रो हात्तीमुढा कप खुला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

प्रतियोगिताको तेस्रो क्वाटरफाइनलतर्फ बेलडाँगीले नेताचोक क्लब, मोरङलाई २–१ ले हराउँदै अन्तिम आठमा आफ्नो स्थान सुरक्षित गरेको हो ।

बेलडाँगीको जितमा बिशाल मगर र रुपेश माझीले गोल गरे । उता पराजित नेताचोकका लागि भने भुवन बस्नेतले गोल गरेका थिए । खेलमा बेलडाँगीका बिशाल लिम्बु म्यान अफ दि म्याच बने ।

प्रतियोगिता अन्तर्गत मंसिर २९ गते सोमबारको चौथो क्वाटरफाइनल खेल संयुक्त युवा क्लब, सिमरिया र फाईभ स्टार फुटबल क्लब, सुनसरीबीच हुने आयोजकले जानकारी दियो ।

हात्तीमुडा स्र्पोटिङ एकेडेमी, बुढीगंगा गाउँपालिका–५, हात्तीमुडा, मोरङको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३१ हजार हात पार्नेछ भने उपविजेताले २१ हजार प्राप्त गर्नेछ । फाइनल खेल आउँदो पुष ५ गतेका दिन हुनेछ ।

 

Post Comments