बुढीगंगा । फाईभ स्टार फुटबल क्लब, सुनसरी यहाँ जारी दोस्रो हात्तीमुढा कप खुला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्ने अन्तिम टोली बनेको छ ।
सोमबार भएको चोथो तथा अन्तिम क्वाटरफाइनलमा फाईभ स्टारले संयुक्त युवा क्लब, सिमरियालाई १–० ले हराउँदै अन्तिम चारमा स्थान बनाउन सफल भएको हो ।
फाईभ स्टारका लागि खेलको २३औं मिनटमा बिक्की चौधरीले गरेको एक मात्र गोल खेलको निर्णायक गोल बन्यो । खेलमा फाईभ स्टार कै सेसेहाङ लिम्बु म्यान अफ दि म्याच बने ।
प्रतियोगिता अन्तर्गत पुष १ गते मंगलबारको पहिलो सेमिफाइनल खेल गछिया युवा समाज, मोरङ र बेलडाँगी फुटबल क्लब, मोरङबीच हुने आयोजकले जानकारी दियो ।
हात्तीमुडा स्र्पोटिङ एकेडेमी, बुढीगंगा गाउँपालिका–५, हात्तीमुडा, मोरङको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३१ हजार हात पार्नेछ भने उपविजेताले २१ हजार प्राप्त गर्नेछ । फाइनल खेल आउँदो पुष ५ गतेका दिन हुनेछ ।