News उर्लावारी भेट्रान्सलाई दोस्रो पथरी शनिश्चरे भेट्रान्स गोल्डकपको उपाधि
गोपाल काफ्ले

पथरी । दोस्रो पथरी शनिश्चरे भेट्रान्स गोल्डकपको उपाधी उर्लावारी भेट्रान्सले जितेको छ । सतिसाले भेट्रान्सलाई २-० गोल अन्तरले हराउदै उर्लावारी भेट्रान्सले उपाधि चुमेको हो । विजयी उर्लावारी भेट्रान्सले उपाधिका साथ नगद १ लाख ११ हजार १ सय ११ प्राप्त गर्यो भने उपविजेता बनेको सतिसाले भेट्रान्सले उपाधिका साथ नगद ५५ हजार ५ सय ५५ प्राप्त गरेको छ ।

निकै प्रतिस्पर्दात्मक खेलमा उर्लावारीले दुबै गोल दोस्रो हाफमा गरेको थियो । खेलको ४२ औं मिनेटमा उर्लाबारीका लागि विकास राई ४२ ले पहिलो गोल गरे । मित्त बस्नेत खेलको ७२ औं मिनेट गोल गर्दै अग्रता दोब्बर पारे । जुन फाइनल खेलको निर्णायक नतिजा पनि बन्योे ।

खेलको म्यान अफ दि म्याच उर्लाबारी भेट्रान्सका पहिलो गोलकर्ता विकास राई, गोल्डेन ग्लोप्स गोल रक्षक विनोद गौतम घोषित हुदै नगद ५ / ५ हजार प्राप्त गरे, सतिसाले भेट्रान्सका निरु लिम्बुले गोल्डेन बल सहित नगद ५ हजार र जिवन लिम्बुले गोल्डेन बुट सहित नगद ७ हजार ५ सय प्राप्त गरे ।

Post Comments