बागधुरा । उत्कृष्ट जितका साथ आयोजक सञ्जिवनी युवा क्लब, बागधुरा रुपन्देहीमा जारी स्व. बोध प्रसाद पराजुली स्मृति आठौं सञ्जिवनी कपको फाइनलमा प्रवेश गरेको छ ।
आइतबार भएको दोस्रो सेमिफाइनलमा सञ्जिवनीले लिस्नु युवा क्लब, कोटिहवालाई ३–० को अन्तरले हराउँदै उपाधि नजिक पुगेको हो । सञ्जिवनीको जितमा रन्जित चौधरी, मिलन आले र निर थापाले गरे । खेलको म्यान अफ दि म्याच पनि सञ्जिवनी कै रन्जित चौधरी बने ।
सञ्जिवनीले अब माघ २७ गते हुने फाइनलमा साविक विजेता फर्साटिकर युवा क्लब, फर्साटिकरसँग उपाधिका लागि भिड्नेछ । स्मरण रहोस, फर्साटिकरले शनिबार मात्रै पहिलो सेमिफाइनलमा अमुवा युवा क्लबलाई ९–१ ले हराउँदै फाइनलमा स्थान सुरक्षित गरिसकेको छ ।
सञ्जिवनी युवा क्लब, तिलोत्तमा–१४, बागधुरा, रुपन्देहीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,२५,५५५ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ६५,५५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।