News १०औं अर्किड कप शुरु, आयोजक अर्किडको विजयी सुरुआत
गोलनेपाल

काठमाडौं । आयोजक अर्किड प्युपल सेकेन्डरी स्कुलले १०औँ अर्किड कप सेभेन ए साइड अन्तरविद्यालय जुनियर छात्र फुटबल प्रतियोगितामा शुक्रबार विजयी सुरुआत गरेको छ । अर्किडको ‘ए’ र ‘बी’ दुवै टोलीले जित हात पार्याे ।

काँडाघारीस्थित घरेलु मैदानमा अर्किड ‘ए’ ले हिलारीलाई पेनाल्टी सुटआउटमा ५–४ गोलले पराजित गर्याे । निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएको थियो । अर्को खेलमा अर्किड ‘बी’ ले प्रीतिमालाई १–० गोलले हरायो । कविन थापाले निर्णायक गोल गरे ।

प्रतियोगिताको राष्ट्रिय गानका रचनाकार प्रदीपकुमार राईले एक कार्यक्रमबीच उद्घाटन गरे । सो अवसरमा अर्किडका संस्थापक प्रेमकुमार भुजेल, नेसनल प्याब्सन काठमाडौंका अध्यक्ष अमृत खड्का, नेरिक एकेडेमीका प्रिन्सिपल मिलन केसी, विश्वज्ञान पाठशालाका प्रिन्सिपल मातृका कार्कीलगायतको उपस्थिति रहेको थियो ।

नकआउट प्रतियोगितामा ४६ टिम सहभागी छन् । शीर्ष चार स्थान हासिल गर्ने टिमले क्रमशः ४० हजार, २५ हजार, १५ हजार र १० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने छन् । फाइनल फागुन ९ गते हुनेछ ।

Post Comments