खैरेनी । भुमही युथ क्लब जारी दोस्रो देवदह कप खुला नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको प्रिक्वाटरफाइनलतर्फ भूमहीले अभिषेक चर्च माथि टाईब्रेकरमा ४–३ को जित निकाल्दै क्वाटरफाइनल यात्रा तय गरेको हो ।
देवदह खैरेनी स्थित पानबारी खेलमैदानमा भएको निर्धारित समयको प्रतिस्पर्धात्मक खेल दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए । टाईब्रेकरमा भने भुमहीले नतिजा आफ्नो पक्षमा पार्न सफल भयो । खेलको म्यान अफ द म्याच भूमहीका गोलरक्षक माधव तिवारी घोषित भए । उनले पुरस्कार वापत नगद २५ र ट्रफी हात पारे ।

प्रतियोगिता अन्तरगत फागुन १ गते शनिबारको खेल न्यु युथ युनियन क्लब, पाल्पा र देउराली फोर ब्रदर्श एफसीबीच हुने प्रतियोगिता संयोजक सन्तोष घलेले जानकारी दिए ।
डि युनिटी युवा क्लब, देवदह खैरेनीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख ५० हजार हात पार्नेछ भने उपविजेताले ७५ हजार प्राप्त गर्नेछ । प्रतियोगिताको फाइनल खेल भने फागुन ८ गतेका दिन हुने समेत संयोजक घलेले जानकारी दिए ।


- रुपन्देहीमा एसियन पेन्टस च्याम्पियन्स कप छात्रा फुटबल प्रतियोगिता शुरु
- २४औं लिस्नु कपको तयारी पूरा (खेलतालिकासहित)
- रुपन्देहीको कञ्चन गाउँपालिकामा तेस्रो गौतम बुद्ध कप शुरु
- वी ब्वाईज कपः उपाधिका लागि लखन ब्रदर्श र वी ब्वाईज भिड्ने
- युरी एफसी सेमिफाइनलमा, अन्तिम क्वाटरफाइनल र दुई सेमिफाइनल मंगलबार हुने