News खनाल ब्रदर्शका कप्तान बिमल बने 'बेस्ट'
सुरज राना मगर

सैनामैना । बुधबार रुपन्देहीमा सम्पन्न तेस्रो सैनामैना मेयर कप नकआउट फुटबल प्रतियोगिताको उपाधि जितेको खनाल ब्रदर्शका कप्तान बिमल राना प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् ।

सर्वोत्कृष्ट खेलाडी बनेका बिमलले एक थान माउण्टेन बाईक साईकल समेत हात पारेका छन् । त्यस्तै अन्य व्यक्तिगत विधातर्फ पनि खनाल कै खेलाडीहरुको वर्चश्व रह्यो ।

उत्कृष्ट गोलरक्षक खनाल कै टेकेन्द्र थापा घोषित भए भने उत्कृष्ट डिफेन्डर पनि खनाल कै सुरज बिष्ट चुनिए । उत्कृष्ट मिडफिल्डर भने फर्साटिकरका रुपक लामा चुनिए भने फरवार्ड पनि फर्साटिकर कै टिकराज गुरुङ घोषित भए ।

उत्कृष्ट प्रशिक्षक खनाल ब्रदर्श कै विश्वास गुरुङ घोषित भए । त्यस्तै प्रतियोगिताको सर्वाधिक गोलकर्ताको पुरस्कार फर्साटिकरका फोडे फोफोनाले हात पारे । व्यक्तिगत विधातर्फ उत्कृष्ट बनेका सबैले जनही ५–५ हजार नगद र ट्रफी हात पारे ।

त्यस्तै सेमिफाइनलमा पराजित हुन पुगेका दुई टोली फुलबारी गाईज र विश्व शान्ति युवा क्लबले जनही २०–२० हजार हात पारे ।

स्मरण रहोस, बुधबार सम्पन्न फाइनलमा खनाल ब्रदर्शले फर्साटिकर युवा क्लबलाई २–१ ले हराउँदै उपाधिमाथि कब्जा जमाएको थियो । जनप्रिमियर स्र्पोटिङ क्लब, सैनामैना–७ देवापारको आयोजना तथा सैनामैना नगरपालिकाको विशेष सहयोगमा भएको प्रतियोगिताको रुपन्देही, कपिलवस्तु र नवलपरासीका गरि कुल १२ टोलीहरुले सहभागिता जनाएका थिए ।

Post Comments