खैरेनी । शानदार जित हात पार्दै सितलापुर युवा क्लब जारी दोस्रो देवदह कप नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बिहीबार सम्पन्न सेमिफाइनल भिडन्तमा सितलापुरले सुनवल युथ क्लबमाथि ५–० को जित निकाल्दै फाइनलमा प्रवेश गरेको हो ।
देवदह खैरेनी स्थित पानबारी खेलमैदानमा सम्पन्न खेलमा सितलापुरका लागि छैटौं मिनटमै एरोन थापाले पहिलो गोल गरेका थिए । ३८औं मिनटमा बिमल जि.आर. ले टोलीका लागि दोस्रो गोल थपे । लगतै ४३औं मिनटमा फोफोनाले सितलापुरको अग्रता तेब्बर पारे ।
खेलमा एकपक्षीय जित निकालेको सितलापुरका लागि ४८औं मिनटमा कप्तान डोना थापाले चौथो गोल गरे भने ५४औं मिनटमा सुरज हमालले पाँचौं गोल गर्दै टोलीको शानदार जित पक्का गरे ।

खेलको म्यान अफ द म्याच सितलापुरका कप्तान डोना थापा घोषित भए । उनले पुरस्कार वापत नगद २५ सय ट्रफी हात पारे । सितलापुरले अब फाइनलमा फागुन ८ गतेका दिन देउराली फोर ब्रदर्शसँग खेल्नेछ ।
डि युनिटी युवा क्लब, देवदह खैरेनीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख ५० हजार हात पार्नेछ भने उपविजेताले ७५ हजार प्राप्त गर्नेछ । त्यस्तै व्यक्तिगत विधातर्फ पनि पुरस्कारको व्यवस्था गरिएको प्रतियोगिता संयोजक सन्तोष घलेले बताए ।

- रुपन्देहीमा एसियन पेन्टस च्याम्पियन्स कप छात्रा फुटबल प्रतियोगिता शुरु
- २४औं लिस्नु कपको तयारी पूरा (खेलतालिकासहित)
- रुपन्देहीको कञ्चन गाउँपालिकामा तेस्रो गौतम बुद्ध कप शुरु
- वी ब्वाईज कपः उपाधिका लागि लखन ब्रदर्श र वी ब्वाईज भिड्ने
- युरी एफसी सेमिफाइनलमा, अन्तिम क्वाटरफाइनल र दुई सेमिफाइनल मंगलबार हुने