News
राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न
काठमाडौं । SAFF Futsal Championship 2026 मा उत्कृष्ट प्रदर्शन गर्दै तेस्रो स्थान हासिल गर्न सफल राष्ट्रिय फुटसल खेलाडीहरूलाई सम्मानस्वरूप नगद पुरस्कार वितरण समारोह सम्पन्न भएको छ। उक्त प्रतियोगिता Thailand मा आयोजना गरिएको थियो।
Anil Bahadur Gurung (फुटसल हेड कोच)को पहलमा २०८३ साल जेठ १५ गते Mustang Gumba मा आयोजित कार्यक्रममा राष्ट्रिय फुटसल खेलाडीहरू तथा अफिसियल टोलीलाई नगद पुरस्कारसहित सम्मान गरिएको थियो। कार्यक्रममा उपस्थित सम्पूर्ण अतिथिहरूलाई मायाको चिनो (Token of Love) प्रदान गरी सम्मान व्यक्त गरिएको थियो।
साथै Crips Academy का साना बाबु खेलाडीहरूलाई समेत विशेष सम्मान गरिएको थियो।
पुरस्कार विवरण
- उत्कृष्ट शीर्ष १४ खेलाडीलाई जनही रु. २२,०००/-
- उत्कृष्ट शीर्ष २५ भित्र पर्न सफल (११ खेलाडी) लाई जनही रु. १०,०००/-
- टिम म्यानेजरलाई रु. १०,०००/-
- सहायक प्रशिक्षकलाई रु. १०,०००/-
- गोलकिपर प्रशिक्षकलाई रु. १०,०००/-
- फिजियोथेरापिस्टलाई रु. १०,०००/-
नगद सहयोगदाता
- Lal Bahadur Gurung — रु. ७५,०००/-
- Prem Man Gurung — रु. ७५,०००/-
- Prem Gurung — रु. ७५,०००/-
- Prem Shakya — रु. ६०,०००/-
- Adeep Gurung — रु. ५०,००१/-
- Tiger Gurung — रु. ३७,५००/-
- Babu Gurung — रु. ३७,५००/-
- Ram Kumar Basnet — रु. ३२,०००/-
- Suman Pradhan — रु. १४,०००/-
- Kunsang Tamang — रु. १०,०००/-
- Sujan Shrestha — रु. १०,०००/-
- Asim Bista — रु. ७,५५५/-
कार्यक्रममा खेलाडीहरूको मेहनत, समर्पण तथा देशको प्रतिष्ठा उँचो बनाएको योगदानको उच्च प्रशंसा गरिएको थियो। साथै, प्रशिक्षक तथा अफिसियल टोलीको महत्वपूर्ण भूमिकालाई सम्मान गर्दै सम्पूर्ण सहयोगदाता, अतिथि तथा शुभेच्छुकहरूप्रति विशेष आभार व्यक्त गरिएको थियो।
Post Comments