News आयोजक डिएमसी, ओमसतिया र सयपत्री क्वाटरफाइनलमा
सुरज राना मगर

तुल्सीपुर । आयोजक डिएमसी (सेता), ओमसतिया एफसी र सयपत्री युवा क्लब रुपन्देहीमा जारी चौथो डिएमसी कप खुला सेभेन ए साईड फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

बुधबार सम्पन्न दिनको पहिलो खेलमा डिएमसीले किंग्स एफसीलाई टाईब्रेकरमा ३–२ ले हराउँदै क्वाटरफाइनल यात्रा तय गर्यो । त्यसअघि निर्धारित समयको खेल दुवै टोलीले २–२ गोलको बराबरी खेलेका थिए । खेलमा डिएमसीका बसन्त गुरुङ प्लेयर अफ द म्याच चुनिए ।

दोस्रो खेलमा ओमसतियाले देवीस्थान एफसीमाथि ३–० को प्रभावशाली जित निकाल्दै अन्तिम आठमा प्रवेश गर्यो । खेलमा ओमसतियाका अस्मित शर्मा प्लेयर अफ द म्याच घोषित भए ।

दिनको अन्तिम खेलमा सयपत्रीले गोरखाली एफसीलाई २–१ ले हराउँदै क्वाटरफाइनलमा आफ्नो स्थान पक्का गर्यो । खेलमा सयपत्रीका अन्जन गुरुङ प्लेयर अफ द म्याच घोषित भए ।

दुर्गा मन्दिर युवा क्लब (डिएमसी), तिलोत्तमा–९, तुल्सीपुरको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ६० हजार हात पार्नेछ भने उपविजेताले ३० हजार प्राप्त गर्ने खेल संयोजक प्रबिन गुरुङले जानकारी दिए । फाइनल खेल कार्तिक १६ गतेका दिन हुनेछ ।

 

Post Comments