News न्यु पाथिभरालाई गजेन्द्र स्मृति महिला फुटबलको उपाधि
गोलनेपाल

आठराई (तेह्रथुम) । आठराई २ स्थित खाम्लालुङमा आयोजित गजेन्द्र इस्वो स्मृति महिलातर्फको फुटबल प्रतियोगिताको उपाधि पाँचथरको न्यू पाथिभरा स्पोर्टिङ क्लब चोकमागुले जितेको छ ।

खाम्लालुङ मैदानमा आयोजित प्रतियोगिताको फाइनलमा पाँचथरकै पीवाईसी फाल्गुनन्दलाई २–० गोलले पराजित गर्दै न्यु पाथिभराले उपाधि जित्न सफल भएको हो । चोकमागुका लागि दुवै गोल अनुष्का शेर्पाले गरेकी हुन् ।

अनुष्का प्रतियोगिताको सर्वाधिक गोलकर्ता घोषित हुँदै नगद ३ हजार पाउन समेत सफल भइन् । त्यस्तै विजयी टोलीकै कुसुम लिङदेन उत्कृष्ट गोलरक्षक घोषित भईन् भने पीवाईसीकी अविना राई सर्वोत्कृष्ट खेलाडी तथा पुमा राई उत्कृष्ट रक्षक घोषित भईन् । सबैले जनही जनही ३– हजार पाउन सफल भए ।

विजेता बनेको न्यु पाथिभराले उपाधिसहित नगद ६० हजार हात पार्यो भने उपविजेता पीवाईसीले ४० हजारमा चित्त बुझायो । आठराई २ नम्बर वडा कार्यालय, खाम्लालुङ खेलकुद विकास समिति हङकङ र कालिका आविको संयुक्त आयोजनामा भएको प्रतियोगितामा महिलातर्फ कुल ६ टोलीहरुले सहभागिता जनाएका थिए ।

Post Comments