News पाकिस्तानमा सरुको 'ट्रिपल' र अनिताको 'डबल' ह्याट्रिक
गोलनेपाल

काठमाडौं । यस सिजनका लागि पाकिस्तानको नेशनल वुमन्स फुटबल च्याम्पियनसिप खेल्न पाकिस्तान पुगेकी नेपालकी चेलीहरुले पहिलो खेलमै धावा बोलेका छन् ।

पाकिस्तानको एक मात्र आधिकारिक महिला लिगका रुपमा रहेको प्रतियोगिताको समूह बी मा रहेको मासा युनाइटेडले सियालकोट सिटीमाथि १९–० को जित निकाल्दा नेपालकी सरु लिम्बु एक्लैले १० गोल गरेकी छिन् ।

सरु बाहेक अनिता केसीले पनि दोहोरो ह्याट्रिकसहित ६ गोल गरिन् भने अर्को नेपाली खेलाडी गीता रानाको नाममा एक गोल रह्यो । त्यस्तै माशाका लागि थप दुई गोल भने जारा इकबल र समरोज समरिनाले गरेकी थिईन् ।

त्यस्तै मंगलबार नै भएको समूह बी तर्फको अर्को खेलमा कराची युनाइटेडले कराची वुमन एफसीलाई समान १९–० को फराकिलो अन्तरले हरायो । माशाले आफ्नो दोस्रो आउँदो मंगलबार कराँची युनाइटेडसँगै खेल्नेछ ।

Post Comments