बुटवल । रोहित सुनार एक्लैले दुई गोल गर्दै निर्णायक भूमिका खेलेपछि झरना स्पोर्टस क्लबले जारी स्व. लोक प्रसाद गुरुङ स्मृति सेभेन ए साईड फुटबल प्रतियोगितामा जित हात पारेको छ ।
तिलोत्तमा–९ स्थित गौतम बुद्ध माविको खेलमैदानमा सम्पन्न खेलमा झरनाले जनज्योति एफसीलाई २–१ ले हरायो । झरनाको जितमा दुवै गोल रोहित सुनारले गरे । उता पराजित जनज्योतिका लागि भने सुजन दर्जीले गरेका थिए ।
त्यस्तै अर्को खेलमा मुनलाईट एफसीले सञ्जिवनी युवा क्लबलाई पेनाल्टी शुटआउटमा ३–२ ले हरायो । त्यसअघि निर्धारित समयको खेल दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए । यो जितसँगै दुवै टोली प्रिक्वाटरफाइनलमा समेत प्रवेश गरेका छन् ।
डिएमसी, तुल्सीपुरको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५० हजार हात पार्नेछ भने उपविजेताले ३० हजार प्राप्त गर्ने प्रतियोगिता संयोजक जिवन सुवेदीले जानकारी दिए । प्रतियोगितामा कुल २६ टोलीहरुले सहभागिता जनाईरहेका छन् ।

- रुपन्देहीमा एसियन पेन्टस च्याम्पियन्स कप छात्रा फुटबल प्रतियोगिता शुरु
- २४औं लिस्नु कपको तयारी पूरा (खेलतालिकासहित)
- रुपन्देहीको कञ्चन गाउँपालिकामा तेस्रो गौतम बुद्ध कप शुरु
- वी ब्वाईज कपः उपाधिका लागि लखन ब्रदर्श र वी ब्वाईज भिड्ने
- युरी एफसी सेमिफाइनलमा, अन्तिम क्वाटरफाइनल र दुई सेमिफाइनल मंगलबार हुने