News रोहितको दुई गोलले झरनाको जित
सुरज राना मगर

बुटवल । रोहित सुनार एक्लैले दुई गोल गर्दै निर्णायक भूमिका खेलेपछि झरना स्पोर्टस क्लबले जारी स्व. लोक प्रसाद गुरुङ स्मृति सेभेन ए साईड फुटबल प्रतियोगितामा जित हात पारेको छ ।

तिलोत्तमा–९ स्थित गौतम बुद्ध माविको खेलमैदानमा सम्पन्न खेलमा झरनाले जनज्योति एफसीलाई २–१ ले हरायो । झरनाको जितमा दुवै गोल रोहित सुनारले गरे । उता पराजित जनज्योतिका लागि भने सुजन दर्जीले गरेका थिए ।

त्यस्तै अर्को खेलमा मुनलाईट एफसीले सञ्जिवनी युवा क्लबलाई पेनाल्टी शुटआउटमा ३–२ ले हरायो । त्यसअघि निर्धारित समयको खेल दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए । यो जितसँगै दुवै टोली प्रिक्वाटरफाइनलमा समेत प्रवेश गरेका छन् ।

डिएमसी, तुल्सीपुरको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५० हजार हात पार्नेछ भने उपविजेताले ३० हजार प्राप्त गर्ने प्रतियोगिता संयोजक जिवन सुवेदीले जानकारी दिए । प्रतियोगितामा कुल २६ टोलीहरुले सहभागिता जनाईरहेका छन् ।

Post Comments