
डाँगीहाटमा जारी प्रदेश स्तरीय खुल्ला नकआउट फुटवल प्रतियोगिताको दोस्रो खेलमा पथरी स्पाेटिङ कल्व पथरीशनिश्चरे विजयी भएको छ ।
कालिका मावी डागिहाट बजारकाको खेल मैदानमा जारी दोस्राे खेलमा आयोजक डाँगिहाट जागृती क्लव बेलबारीलाई ० - १ गोल गर्दै पथरी स्पोटिङ विजयी भएको हो ।
खेलको १८ औं मिनेटमा पथरी स्पोटिङ क्लवका घनश्याम चौहानले गरेको गोलनै खेलकाे निर्णायक गाेल बन्यो । खेलको म्यान अफ द म्याच पथरी स्पोटिङ क्लवका गोल कर्ता घनश्याम चौहान घोसित हुर्दै नगद २५ सय प्रप्त गरे । प्रतियोगिता अन्तगत भोलि सोमबारको खेल धरान सिटि फुटवल एकेडेमी र आयोजक डाँगीहाट जागृती युवा क्लव रातोका विच हुने छ ।
डाँगीहाट जागृती युवा क्लवको आयोजनामा सुरु भएको प्रतियोतिगाको विजेताले नगद १ लाख १ हजार सहित ट्रफि, मेडल र प्रमाण पत्र पाउने छन भने उप विजेतले नगद ५१ हजार, ट्रफि मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन ।
बुद्ध एयरको प्रायोजक तथा बेलबारी नगरपालीकाको सहयोगमा सुरु भएको प्रतियोगितामा प्रदेश नं. १ का ८ टिमको सहभागिता रहेको छ ।
प्रतियोगिताको सबै खेल गोलनेपाल डट कमबाट प्रत्यक्ष प्रसारण हुने भएको छ । प्रतियोगिताको उद्घाटन बेलबारी नगरपालीकाका नगर प्रमुख ज्ञानेन्द्र सुबेदीले गनु भएको थियो प्रतियोगीताको फाईनल खेल चैत्र १४ गते सम्पन्न हुनेछ ।