News धरानलाई हराउदै धनकुटा फाईनल प्रबेश
गोपाल काफ्ले

डाँगीहाटमा जारी प्रदेश स्तरीय खुल्ला नकआउट फुटवल प्रतियोगितामा डाडाबजार धनकुटा फाईनल प्रबेश गरेको छ ।

बुधबारको खेलमा धरान सिटि एकेडेकी फुटवल क्लव धरानलाई सडनडेटमा हराउदै डाँबजार फुटवल क्लव धनकुटा फाईनल प्रबेश गरेको हो ।

कालि मावी डाँगिहाट बजारकाको खेल मैदानमा भएको पहिलो सेमिफाईनल खेलको निर्धारीत समय गोलरहित बराबरीमा सकिए पछि खेल ट्राईबेकरमा धकेलिएको थियो । ट्राईबेकरमा धरानका गोलकिपर सचिन श्रेष्ठ र सडनडेटमा धरानका बिकु तामाङको प्रहार बचाउदै डाडाबजार धनकुटाका गोलकिपर खगेन भण्डारीले आफ्नाे टिमलाई फाईनल प्रबेश गराएका छन ।

ट्राईबेकरमा डाडाबजार धनकुटाका विपिन लिम्बू, सुविन याक्खा, निखिल धिमाल र संजय रम्तेलले गोल गरे भने विबेश गुरूङको प्रहार धरानका गोल किपर सचिन श्रेष्ठले बचाएका थिए । धरानका लागि ट्राईबेकरमा विष्णु सुनार, विवेक राई, विनोद राई र मिलन लिम्बुले गोल गरेका थिए । निकै प्रतिस्प्रदात्मक र रोचक खेलमा दुबै टोलीले पाएको उत्कृष्ट मैकाहरुमा गोल गर्न नसक्दा खेल ट्राईबेकर हुँदै सडनडेटका पुगेको थियो । खेलको म्यान अफ द म्याच धनकुटाका गोररक्षक खगेन भण्डारी घोसित हुर्दै नगद २५ सय प्रप्त गरे ।

प्रतियोगिता अन्तगत बिहिबारको दोस्रो सेमिफाईनल खेल पथरी स्पोर्टिङ क्लव मोरङ र बदर्श युनाईटेड फुटवल क्लव झापाका विच हुने छ । डाँगीहाट जागृती युवा क्लवको आयोजनामा सुरु भएको प्रतियोतिगाको विजेताले नगद १ लाख १ हजार सहित ट्रफि, मेडल र प्रमाण पत्र पाउने छन भने उप विजेतले नगद ५१ हजार, ट्रफि मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन ।

बुद्ध एयरको प्रायोजक तथा बेलबारी नगरपालीकाको सहयोगमा सुरु भएको प्रतियोगितामा प्रदेश नं. १ का ८ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको सबै खेल गोलनेपाल डट कमबाट प्रत्यक्ष प्रसारण हुने भएको छ । प्रतियोगीताको फाईनल खेल चैत्र १४ गते सम्पन्न हुनेछ ।

Post Comments