नेपालका नम्बर एक गोलरक्षक किरण चेम्जोङ दमकमा सम्पन्न दमक गोल्डकप नकआउट फुटबल प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन्। दमकमा पुलिस क्लबबाट खेलेका किरणले पुरस्कार स्वरुप एक थान मोटरसाईकल प्राप्त गरे ।

त्यस्तै अन्य व्यक्तिगत विधातर्फ पनि पुलिसकै दबदबा रह्यो । प्रतियोगिताको उत्कृष्ट डिफेन्डर पुलिसका सन्तोष हेमरुन घोषित भए भने उत्कृष्ट मिडफिल्डर मनाङका सुजल श्रेष्ठ घोषित भए । त्यस्तै उत्कृष्ट फरवार्ड पुलिसका रेजिन सुब्बा घोषित भए भने उत्कृष्ट प्रशिक्षकको पुरस्कार पुलिस कै अनन्त राज थापाले हात पारे ।

व्यक्तिगत विधातर्फ उत्कृष्ट बनेका सबैले २५–२५ हजार हात पारे । शुक्रबार सम्पन्न दमक गोल्डकपको फाइनलमा नेपाल पुलिस क्लबले मनाङ मस्र्याङ्दी क्लबलाई १–० ले हराउँदै उपाधि जितेको थियो ।