News आयोजकलाई निराश पार्दै अफ्रिकन फाइनलमा
गोलनेपाल

सिमरा । अफ्रिकन रुटस एसोसिएशन, क्यामरुन जारी विश्वकर्मा सिमेन्ट ११औं जितपुर सिमरा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।

बुधबार सिमरा रंगशालामा भएको पहिलो सेमिफाइनलमा अफ्रिकनले आयोजक नव जनजागृति युवा क्लब, सिमरालाई २–१ ले हराउँदै उपाधि नजिक पुगेको हो ।

अफ्रिकनले अब यहि बैशाख ११ गतेका दिन हुने फाइनलमा बैशाख ९ गते बिहीबार हुने दोस्रो सेमिफाइनलतर्फ एपिएफ क्लब र संकटा क्लबबीचको विजेतासँग उपाधिका लागि भिड्ने छ ।

नव जनजागृति युवा क्लब, सिमराको आयोजना तथा जितपुर सिमरा उपमहानगरपालिकाको विशेष सहयोगमा जारी प्रतियोगिताको विजेताले उपाधिसहित ७ लाख हात पार्नेछ भने उपविजेताले ३ लाख ५० हजार प्राप्त गर्नेछ ।

Post Comments