News
अध्यक्ष कप फुटबलः फाइनलमा वार्ड नम्बर १ र २ भिड्ने
झापा । प्रथम गाउँपालिका अध्यक्ष कप वडास्तरीय फुटबल प्रतियोगितामा बिहीबारको खेलबाट बुद्धशान्ति गाउँपालिका वार्ड नम्बर २ फाइनलमा प्रवेश गरेको छ । अब फाइनलमा वार्ड नम्बर २ ले वार्ड नम्बर १ सँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ ।
बुद्धशान्ति १ स्थित त्रिभूवन माविको खेलमैदानमा सम्पन्न दोस्रो सेमिफाइनलमा वार्ड नम्बर २ ले वार्ड नम्बर ७ लाई शून्यका विरुद्ध २ गोलले हराउँदै फाइनल यात्रा तय ग–यो । वार्ड नम्बर २ को जितमा बबिन बोहरा र उत्सव परियारले एक–एक गोल गरे ।
बुद्धशान्ति गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित ३० हजार हात पार्नेछ भने उपविजेताले १५ हजार प्राप्त गर्नेछ । फाइनल खेल यहि वैशाख ११ गते शनिबार हुनेछ ।
Post Comments
Related News
- जेठ २४ देखि बिर्तामोड च्यालेन्ज कप, विजेताले १ लाख ११ हजार पाउने
- झिलझिले भेट्रान्सलाई चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि
- घरेलु मैदान दुधे रङ्गशालामा आयोजक दुधे भेट्रान्सको दबदबा
- प्रवीन विश्वकर्माको ह्याट्रिक मद्दतमा झिलझिले क्लब, झापामा जारी चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि नजिक
- प्रविन विश्वकर्माको ह्याट्रिक मद्दतमा झिलझिले चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको अन्तिम चारमा