News अनुभवी पिटरले ललितपुर सिटीका लागि खेल्ने
गोलनेपाल

काठमाडौं । नेपालको घरेलु फुटबलको राम्रो अनुभव बटुलेका पिटर सेगुन नेपाल सुपर लिगको फ्रेन्चाईज टोली ललितपुर सिटी एफसीमा आवद्ध भएका छन् । उनको आवद्धताबारे क्लबले पनि आधिकारिक रुपमा पुष्टी गरेको छ ।

लामो समयदेखि नेपालमा व्यवसायीक फुटबल खेलिरहेका पिटरले यसअघि चर्चित क्लब थ्रीस्टारबाट पनि खेलेका थिए । त्यस्तै गत सिजन मच्छिन्द्रका लागि खेल्दै उनले शहिद स्मारक ए डिभिजन लिगको उपाधि समेत जितेका थिए ।

पहिलोपटक नेपालको फ्रैन्चाईट टोली र फुटबलसँग जोडिन पाउँदा पिटरले खुशी व्यक्त गरेका छन् । साथै उनले टोलीका लागि सुपर लिगमा पनि आफ्नो तर्फबाट सकेको राम्रो गर्ने बताएका छन् ।

स्मरण रहोस, ललितपुरको मुख्य प्रशिक्षकमा नेपाली मूलका अमेरिकी प्रशिक्षक प्रदिप हुमागाई रहेका छन् । त्यस्तै मार्की खेलाडीमा चर्चित मिडफिल्डर अन्जन बिष्ट रहेका छन् ।

यहि बैशाख ११ गतेदेखि दशरथ रंगशालमा शुरु हुन गईरहेको लिगको उद्घाटनमा काठमाडौं रेजर्स र ललितपुर सिटी भिड्दै छन् । नेपाल स्पोर्टस एण्ड इभेन्ट म्यानजमेन्टको आयोजनामा हुन गईरहेको सुपर लिगलाई अखिल नेपाल फुटबल संघ (एन्फा) को प्राविधिक सहयोग रहनेछ ।

 

Post Comments