
काठमाडौं । अतिरिक्त समयसम्म पुगेको नेपाल सुपर लिगको रोमाञ्चक पहिलो प्ले अफ म्याचमा सुन्दर पूनःरागमन जनाउँदै धनगढी एफसी फाइनलमा प्रवेश गरेको छ ।
दशरथ रंगशालामा सम्पन्न प्रतिस्पर्धात्मक खेलमा धनगढीले लिग चरणमा उत्कृष्ट प्रदर्शन गरेको काठमाडौं रेजर्सलाई २–१ ले हराउँदै उपाधि नजिक पुगेको हो । खेलमा भएका तीनै गोलहरु दोस्रो हाफमा भएका थिए ।
७५औं मिनटमा तेज तामाङले रेजर्सलाई खेलमा अग्रता दिलाएका थिए । तर त्यो अग्रता रेजर्सले धेरैबेर जोगाउन सकेन । गोल खाएको तेस्रो मिनट मै धनगढीका लागि पुजन उपरकोटीले बराबरी गोल फर्काएका थिए ।
त्यसपछिको निर्धारित समयको खेल १–१ को बराबरीमा सकिएपछि ३० मिनटको अतिरिक्त समय थपिएको थियो । अतिरिक्त समयतर्फ १०८औं मिनटमा धनगढीका मार्की खेलाडी समेत रहेका बिशाल राईले निर्णायक गोल गर्दै टोलीलाई फाइनलमा पुर्याए ।
बुधवार, ललितपुर सिटी फूटबल क्लब र बुटवल लुम्बिनी एफ सि बिच खेल हुनेछ। सो खेलको बिजेताले काठमाडौं रेजर्स सँग "सेमिफाइनल" खेल्ने छ।
फाइनल खेल भने जेष्ठ १ गतेका दिन हुनेछ ।
- नेपाली यु–२३ टोलीको सहायक प्रशिक्षकमा धिमाल, गोलकिपिङ प्रशिक्षकमा महर्जन र म्यानेजरमा श्रेष्ठ नियुक्त
- सायम अन्तरकलेज फुटसलमा २८ टोलीहरु सहभागि हुने
- दोस्रो हिमालयन फुटसल गोल्डकप साउन तेस्रो साता, विजेताले ३ लाख पाउने
- गोलनेपालकर्मी बिक्रम बानियाँले खेलकुद पत्रकार प्रोत्साहन पुरस्कार पाउने तय
- एसएमसी एसइइ कप हुँदै