News एफसी विजय युथको आयोजनामा रक्तदान सम्पन्न
बिक्रम बानियाँ क्षेत्री

एफसी विजय युथ हेटौंडाको आयोजनामा ९० जनाले रक्तदान गरेका छन् ।

रक्तदान दिवसको सन्दर्भमा बुधबार हेटौंडा–२ स्थित बिजय पथमा कार्यक्रम भएको हो ।

रक्तसञ्चार केन्द्र हेटौंडाको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम गरिएको एफसी विजय युथका अध्यक्ष सुदीप राजबाहकले जानकारी दिए ।

उक्त कार्यक्रममा मकवानपुरका फुटबल खेलाडी, सञ्चारकर्मी र स्थानिय ब्यक्तिहरु सहभागी थिए ।

Post Comments