News मकवानपुर: राप्ती रिभर युवा क्लव (आरआर वाइसी)ले सी डिभिजन लिग फुटबलको छनौट खेल्ने
बिक्रम बानियाँ क्षेत्री

मकवानपुरको मनहरी गाउँपालिका हाँडीखोलाको राप्ती रिभर युवा क्लव (आरआर वाइसी)ले सी डिभिजन लिग फुटबलको छनौट खेल्ने भएको छ ।

क्लवलाई व्यवसायिक बनाउँदै लिग फुटबलमा समेत पु¥याउन सी डिभिजन छनौट खेल्ने निर्णय गरेको हो । अखिल नेपाल फुटबल संघ (एन्फा)ले यही भदौ १ गतेबाट सी डिभिजन छनौट खेल सञ्चालन गर्दैछ । क्लवलाई ए डिभिजन लिगसम्म खेलाउने उद्देश्यले सी डिभिजन छनौटमा सहभागी हुन लागेको आरआर वाइसीका अध्यक्ष रेशम जम्कट्टेलले जानकारी दिए ।

सी डिभिजन छनौट खेलमा सहभागी हुन जान लागेको क्लवले खेलाडीलाई आवश्यक प्रशिक्षण गराइरहेको छ । क्लवलाई सी डिभिजन छनौट खेल्नको लागि ओरन्टो मल्टिट्रेड प्रा.लि कम्पनीका बोर्ड अफ डाइरेक्टर ईन्दिरा शाहले एकलाख ३५ हजार रुपैयाँ सहयोग गरेकी छिन् ।

छनौट खेलका लागि करिब ५ देखि ६ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।

Post Comments