News विपक्षी खेलाडीसँग ठोक्किदा गोलरक्षकको मृत्यु
गोलनेपाल

काठमाडौं (एजेन्सी) । खेलेरै नाम र दाम कमाउने सपना बोकेका खेलाडीको खेल कै दौरान मृत्यु हुनु आफैमा दुःखद र पिडादायी हुन्छ । यी र यस्ता घट्नाहरु बारम्बार दोहोरिने पनि गर्छन् । यस्तै घट्ना फेरि रसियामा दोहोरिएको छ ।

त्यहाँको एक स्थानीय फुटबल क्लबका लागि खेल्ने एक गोलरक्षकको अभ्यास खेलका दौरान विपक्षी खेलाडीसँग जुध्दा गम्भिर घाइते भई मृत्यु भएको छ । स्रोतका अनुसार २३ बर्षिय अलैक्जेण्डर शिस्मरेवको विपक्षी खेलाडीसँग ठोक्किदा दुःखद रुपमा निधन भएको हो ।

क्रस्नय जेज्दा नामक क्लबको लागि खेल्ने शिस्मरेवले बाल्टिका–एम नामक क्लब विरुद्ध अभ्यास म्याच खेल्ने क्रममा विपक्षी खेलाडीसँग जुध्न पुगेका थिए । विपक्षी खेलाडीसँग जुधेर ढल्न पुगेका शिस्मरेवको मृत्यु टाउकोको चोटबाट नभई जिब्रो घाँटीको विपरित दिशातर्फ फर्किएर श्वासप्रश्वास रोकिंदा भएको बताइएको छ ।

रसियाको राष्ट्रिय फुटबल टिमले पनि उनको मृत्युबारे पुष्टी गरेको छ । घट्ना लगतै एम्बुलेन्स र चिकित्सकलाई मैदान मै बोलाएर उनको एक घण्टा मैदान मै आकस्मिक उपचार गर्दा पनि त्यो सफल हुन नसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

 

 

Post Comments