News नेपाल र बंगलादेशबीच हुने खेल समय तय
गोलनेपाल

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाल र बंगलादेशको राष्ट्रिय महिला फुटबल टोलीबीच हुने मैत्रीपुर्ण फुटबल म्याचको खेल समय घोषणा गरेको छ ।

एन्फाका अनुसार नेपाल र बंगलादेशबीचको खेल बेलुका नेपाली समयअनुसार ५ बजेदेखि शुरु हुने बताइएको छ । त्यस्तै खेलको प्रत्यक्ष प्रसारण एक्सन स्पोर्टसले गर्ने पनि जानकारी दिएको छ ।

नेपाल र बंगलादेश बीच यहि भदौ २४ गते बिहीबारका दिन पहिलो अन्तर्राष्ट्रिय मैत्रीपुर्ण म्याच हुँदैछ । त्यस्तै दोस्रो म्याच भने भदौ २७ गते आइतबारका दिन हुनेछ ।

साथै एन्फाले सो मैत्रीपुर्ण फुटबल म्याच हेर्ने दर्र्शकहरुका लागि सामान्यतर्फ २०० र भिआईपीतर्र्फ ५०० दरको टिकट मुल्य तोकिएको छ ।

एसियन कप छनौटको तयारीमा दुवै टोली

स्मरण रहोस, नेपाल र बंगलादेश दुवै टोेली यहि सेप्टेम्बरको अन्तिमतिर हुन गईरहेको एएफसी वुमन्स एसियन कप छनौट खेल्ने तयारीमा छन् । छनौट प्रतियोगितातर्फ समूह एफमा परेको नेपालले बलियो फिलिपिन्स र हङकङसँग खेल्नेछ । जुन खेलहरु उज्वेकिस्तानमा हुनेछन् ।

उता समूह जीमा रहेको बंगलादेशले भने इरान र जोर्डनसँग खेल्नेछ । समूहको शिर्ष स्थानमा रहने एक टोली आगामी बर्ष भारतमा हुने एएफसी वुमन्स एसियन कपका लागि छनौट हुनेछ ।

Post Comments