News
ढुकु फुटसलको रोमाञ्चक जित

पोखरा । राष्ट्रिय ए डिभिजन फुटसल लिगमा ढुकु फुटसल हब, काठमाडौंले ले प्रभावशाली जितका साथ प्रतियोगिताको शुरुवात गरेको छ ।
पोखरा स्थित बहुउद्देश्यीय कभर्डहलमा सम्पन्न आइतबारको अन्तिम खेलमा ढुकुले सबिन मेमोरियल एफसी, पोखरालाई ८–६ ले हरायो । खेलको म्यान अफ द म्याच ढुकु फुटसलका उर्केन शेर्पा घोषित भए ।
आइतबार नै भएका अन्य खेलहरुमा लुम्बिनी फुटसस, रुपन्देहीले शहरी प्रतिद्वन्द्वी रुपन्देही कै झरना स्पोर्टस क्लबलाई ६–२ ले हरायो । त्यस्तै दोस्रो खेलमा शंखमुल फुटसल र फुटसल फाईव धरानले ३–३ गोलको रोमाञ्चक बराबरी खेले ।
Post Comments
Related News
- गण्डकी प्रदेश लिगको तयारी पूरा (खेलतालिकासहित)
- एन्फा कास्कीद्वारा कास्की जिल्ला लिग विजेता लालीगुराँस एसोसिएसनलाई खेल सामाग्री सहयोग
- पोखरा: अन्तर वडा स्तरीय फुटबल प्रतियोगिताको उपाधि वडा नं. १५ लाई
- वडास्तरीय भेट्रान्स फुटबल: उपाधिका लागि वडा १ र १५ भिड्ने
- राजेन्द्र तामाङलाई उत्कृष्ट प्रशिक्षकको अवार्ड