News सबिन मेमोरियलको जित, स्पोर्टस क्यासल र शंखमुल बराबरीमा रोकिए
उमेश पुन

पोखरा । राष्ट्रिय ए डिभिजन फुटसल लिगतर्फ मंगलबार भएका शुरुवाती दुई खेलहरु मध्ये दोस्रो खेलमा सबिन मेमोरियल एफसीले लुम्बिनी फुटसललाई रोमाञ्चक ३–२ ले हराएको छ । खेलमा सबिन मेमोरियलका सरोज गुरुङ म्यान अफ द म्याच घोषित भए ।

पोखरा स्थित बहुउद्देश्यीय कभर्डहलमा त्यसअघि सम्पन्न पहिलो खेलमा शंखमुल फुटसल र स्पोर्टस क्यासलले २–२ गोलको बराबरी खेल्दै अंक बाँडे । सो खेलमा भने स्पोर्टस क्यासलका भिषन गुरुङ म्यान अफ द म्याच चुनिए ।

अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा जारी प्रतियोगितामा देशभरिबाट छनौट भई आएका उत्कृष्ट दश टोलीहरुले सहभागिता जनाउँदै छन् । लिग विजेताले उपाधिसहित नगद १० लाख हात पार्नेछ भने उपविजेताले ५ लाख प्राप्त गर्नेछ । प

Post Comments